१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट

चीनको शाङ्घाईमा लकडाउन हट्यो, मानिसहरु सडकमा

चीनको शाङ्घाईमा लकडाउन हट्यो, मानिसहरु सडकमा
चीनको शाङ्घाइमा कोभिड प्रतिबन्ध हटेपछि यात्रारत मानिसहरू (तस्वीरः एएफपी)
अ अ+ अ-

शाङ्घाईः चीनको प्रमुख व्यापारिक शहर शाङ्घाईमा कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै गरिएको लकडाउन हटेको छ । कोरोनाभाइरस फैलिएसँगै चीनले शाङ्घाईमा दुई महिनादेखि लकडाउन गरेको थियो ।

अधिकारीहरुले लकडाउन मंगलबार मध्यरातिदेखि हटाएको घोषणा गरेका थिए । अब यहाँका मानिसले निर्वाध रुपमा घुमफिर गर्न पाउने छन् ।

साङ्घाईमा झण्डै २ करोड ५० लाख मानिस बस्ने गर्दछन् ।

People are seen with face masks at The Bund on June 01, 2022 in Shanghai, China.

तस्वीरः एएफपी

तर शहरका कतिपय भागमा कोरोना संक्रमण अझै देखिएको भन्दै मानिसलाई घुमफिर गर्न नदिइने अधिकारीहरुको भनाई छ । यसबाट झण्डै ६ लाख ५० हजार मानिस प्रभावित हुनेछन् ।

चीनले “कोभिड शून्य” नीति लिएको र त्यो अझै कायम छ । कोभिड देखिएका व्यक्तिलाई तत्कालै क्वारेन्टिन वा अस्पतालमा भर्ना गरिन्छ । यस्तै कुनै कोभिड संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई पनि क्वारेन्टिनमा राख्ने र स्थानीय समूदाय तत्कालै लकडाउनमा जानु पर्ने नियम कायमै छ ।

शाङ्घाई सरकारका प्रवक्ता यिन सिनले पत्रकारहरुसँग कुरा गर्दै लामो प्रतिक्षा पछि यो दिनको घोषणा गर्न पाएकामा खुशी व्यक्त गरिन् । उनले शाङ्घाईका सबै जनताले ठूलै त्याग गरेको र आगामी दिनमा पनि सबैले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

Image shows woman cycling with a dog

तस्वीरः राेयटर्स

तर अझै पनि त्यहाँ केही नयाँ नियमहरु लागू गरिएको छ । स्थानीयवासीले कतै जाँदा आफ्ना स्मार्टफोनमा हरियो स्वास्थ्य कोड भएको देखाउनु पर्नेछ । सार्वजनिक यातायात वा बैंक, मल जाँदा ७२ घण्टे पिसिआर परीक्षणको रिपोर्ट देखाउनु पर्नेछ । शाङ्घाई शहर छाडेर अन्यत्र जान भने प्रतिबन्ध लगाइएको छ ।

अर्को शहर गएका व्यक्ति पुनः शाङ्घाई प्रवेश गरे ७ देखि १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने नियम लागू गरिएको छ ।

तैपनि मानिसहरुले शहरभित्रै घुमफिर गर्न पाएकामा पनि खुशी व्यक्त गरेका छन् ।