१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० रुपैयाँले घट्यो डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर



अ+ अ-

काठमाडौँ । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँले घटाएको छ । मन्त्रिपरिषद्को बैठकले डिजेल र पेट्रोलको पूर्वाधारमा लाग्दै आएको कर प्रतिलिटर १० रुपैयाँको दरले कटौती गर्ने निर्णय गरेको थियो । त्यस्तो कर घटाएको अर्थमन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार अब डिजेल पेट्रोलको मूल्य घटाउने वा नेपाल आयल निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्नेछ । पूर्वाधार कर घटेसँगै अब मूल्य समायोजनसमेत हुने बताइएको छ ।

सरकारले गरेको पछिल्लोपटकको मूल्यवृद्धिपछि पेट्रोलमा सरकारले प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा कर लगाएको थियो । त्यस्तै डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ ९१ पैसा कर असुल गर्ने गरेको थियो ।