३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित

भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित
अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित भएका हुन् । भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैसँगै यहाँ कोरोना शुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख ४४ हजार ८८३ जना पुगेको छ ।  

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३२ हजार १५८ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ । यो संख्या हाल भारतमा रहेको कूल कोरोना सङ्क्रमितको ०.९९ प्रतिशत हो । एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । 

त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २६ लाख ७१ हजार १६७ पुगेको छ । गत शनिबारसम्ममा भारतका ५५ करोड २३ लाख ४० हजार १६८ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । ती मध्ये १५ लाख ५९ हजार ८९५ जनाको शनिबार एकै दिनमा परीक्षण गरिएको हो ।
  
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म ८० करोड ४३ लाख ७२ हजार ३३१ डोज खोप लगाइएको सरकारी तथ्याङ्क रहेको छ । (रासस-एएनआई)