५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित भएका हुन् । भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैसँगै यहाँ कोरोना शुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख ४४ हजार ८८३ जना पुगेको छ ।  

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३२ हजार १५८ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ । यो संख्या हाल भारतमा रहेको कूल कोरोना सङ्क्रमितको ०.९९ प्रतिशत हो । एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । 

त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २६ लाख ७१ हजार १६७ पुगेको छ । गत शनिबारसम्ममा भारतका ५५ करोड २३ लाख ४० हजार १६८ जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । ती मध्ये १५ लाख ५९ हजार ८९५ जनाको शनिबार एकै दिनमा परीक्षण गरिएको हो ।
  
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म ८० करोड ४३ लाख ७२ हजार ३३१ डोज खोप लगाइएको सरकारी तथ्याङ्क रहेको छ । (रासस-एएनआई)