९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट स्टल सेक्टरमा जहाजहरु उडेनन्



अ+ अ-

काठमाडौबाट स्टल सेक्टरमा उडान हुने जहाजहरु आज कुनै पनि गन्तव्यमा उडेका छैनन् ।

उडान हुने गन्तव्यहरुको मौसम राम्रो भएपनि इनरुटको मौसम दिने कसले भन्ने अन्यौल रहेका कारण मौसमको जानकारी प्राप्त भएको छैन ।

यस सम्बन्धमा कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ ।

आज भएको पर्वतीय उडानका पाईलट तथा अन्य नन-स्टलका पाइलटले इनरुटको मौसम राम्रो रहेको जानकारी दिएपनि उडानको अन्यौलता कायम छ ।

सम्बन्धित निकाएको समन्वय बिना भएका यस्ता हचुवा निर्णयले यात्रुहरूले सास्ती बेहोर्नु परेको छ ।निर्णय सही भएपनि, निर्णय कार्यान्वयनका लागि आवश्यक भौतिक पुर्वाधार र समन्वय गरि सुरक्षित उडान गर्ने वातावरण बनाउन पाईलटहरूले आग्रह गरेका छन् ।

पछिल्लो परिस्थितिका कारण आन्तरिक उडानको प्रतिक्षामा रहेका यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् ।