२५ मंसिर २०८२, बिहीबार
,
Latest
आज अन्तरराष्ट्रिय पर्वत दिवस एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै जेन–जीको एक समुह र सरकार–बीचको सम्झौता मिराज समुहले स्वीकार नगर्ने एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान



मलेसिया प्रस्थान गरेको नेपाली यु १९ महिला क्रिकेट टोली । तस्वीरः क्यान
अ+ अ-

काठमाडाैंः आईसीसी यु–१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलवार बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार एक कार्यक्रमको आयोजना गरेर बुधवार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाई गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाई गरेको छ । बिदाईपछि बोल्दै नेपाली टोलीकी कप्तान कीर्तिका मरासीनिले शीर्ष टोली भएर विश्वकपमा स्थान बनाउने लक्ष्यकासाथ तयारी गरेको र लक्ष्यमा पुग्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुँदैछौं । एक महिना लामो अभ्यास अन्तर्गत हामीले राम्रो तयारी गरेका छौं । राम्रो खेलेर छनोट हुने लक्ष्य राखेका छौं ।’

यसअघि क्यानले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । एक महिना लामो अभ्यास गरेको टोलीले राम्रो नतिजा निकाल्नेमा मुख्य प्रशिक्षक महेश रिजाल विश्वस्त हुनुहुन्छ । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शीर्ष टोली बन्दै नेपाल विश्वकपमा छनोट हुने मुख्य प्रशिक्षक रिजालले बताउनु भयो ।

‘एक महिना लामो अभ्यासमा हामीले गर्नुपर्ने मिहिनेत हामीले गरेका छौं । राम्रो नतिजा निकाल्नेमा आशावादी छौं । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा अग्र स्थानमा रहँदै छनोट हुने हाम्रो लक्ष्य छ ।’

मलेसियामा आयोजना हुने छनोटमा आयोजक मलेसियासहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाउँदै छन् । नेपालले पहिलो खेल कतारसँग जुन ३ मा खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा प्रतिष्पर्धा गर्ने तालिका रहेको छ भने भुटानविरुद्ध जुन ६ मा खेल्नेछ । त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ । शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछ ।