२४ भाद्र २०८३, बुधबार
,
Latest
ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान



मलेसिया प्रस्थान गरेको नेपाली यु १९ महिला क्रिकेट टोली । तस्वीरः क्यान
अ+ अ-

काठमाडाैंः आईसीसी यु–१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलवार बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार एक कार्यक्रमको आयोजना गरेर बुधवार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाई गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाई गरेको छ । बिदाईपछि बोल्दै नेपाली टोलीकी कप्तान कीर्तिका मरासीनिले शीर्ष टोली भएर विश्वकपमा स्थान बनाउने लक्ष्यकासाथ तयारी गरेको र लक्ष्यमा पुग्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुँदैछौं । एक महिना लामो अभ्यास अन्तर्गत हामीले राम्रो तयारी गरेका छौं । राम्रो खेलेर छनोट हुने लक्ष्य राखेका छौं ।’

यसअघि क्यानले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । एक महिना लामो अभ्यास गरेको टोलीले राम्रो नतिजा निकाल्नेमा मुख्य प्रशिक्षक महेश रिजाल विश्वस्त हुनुहुन्छ । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शीर्ष टोली बन्दै नेपाल विश्वकपमा छनोट हुने मुख्य प्रशिक्षक रिजालले बताउनु भयो ।

‘एक महिना लामो अभ्यासमा हामीले गर्नुपर्ने मिहिनेत हामीले गरेका छौं । राम्रो नतिजा निकाल्नेमा आशावादी छौं । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा अग्र स्थानमा रहँदै छनोट हुने हाम्रो लक्ष्य छ ।’

मलेसियामा आयोजना हुने छनोटमा आयोजक मलेसियासहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाउँदै छन् । नेपालले पहिलो खेल कतारसँग जुन ३ मा खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा प्रतिष्पर्धा गर्ने तालिका रहेको छ भने भुटानविरुद्ध जुन ६ मा खेल्नेछ । त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ । शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछ ।