६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्छा लामा तामाङको हत्यामा संलग्न थप एक जना आरोपी पक्राउ



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दिपक लामा वाईबा रहेका छन् । प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव फेला परेको थियो ।

अनुसन्धानको क्रममा कान्छा लामा तामाङको हत्या भएको घटनामा संलग्न २ जनालाई जेठ ६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिहरुको बयानको क्रममा दिपक लामा वाईबा पनि घटनामा संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई समेत काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।