७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

कर छुटको विरोधमा उत्रियो सेनेटरी उत्पादक संघ

कर छुटको विरोधमा उत्रियो सेनेटरी उत्पादक संघ
अ+ अ-

काठमाडौं । सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णयको नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ । संघले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैे सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरु धरायशी हुने भन्दै तत्काल निर्णय फिता नलिए संघर्षमा जाने चेतावनी दिएको हो ।

नेपालमा ठूला साना गरी ३५–४० उद्योगहरु सञ्चालनमा रहेका छन् । ६ अर्वको लगानीमा ९० करोड थान सेनेटरी प्याड उत्पादन भइरहेको छ । ६ हजार जनाले रोजगारी पाइरहेका छन् । जसमध्ये अधिकांश महिलाहरु रहेको संघले जनाएको छ । बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०५ भन्सार महशुल छुटको घोषणा गरेको छ । हालको १५५ रहेको भन्सार महशुल अव १.५५ मात्र लागु हुनेछ जबकी कच्चा पदार्थमा १५ भन्सार महशुलको घोषणा गरीएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५४ अन्त शुल्क वारे कुनै घोषणा नगरेको भन्दै संघले आपत्ति जनाएको हो ।

तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्ने भन्दै सरकारको यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुने ठहर संघले गरेको छ । डेढ अर्बको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापार घाटाको डरलाग्दो घेराबाट उम्किन नीजि क्षेत्र नसक्ने भन्दै आपत्ति जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डोलराज अधिकारीले ०७९/८० को बजेटले प्याड उद्योगीहरुमाथि अन्यायमा परेको सुनाए । उनले भने,‘सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिएको छ । सरकारले आयातमा यति धेरै छुट दिन आवश्यक छैन् । उनले तत्काल यो निर्णय फिर्ता लिन सरकारसँग माग राखे । ‘हामीले कर तिर्छौ, काम गर्ने वातावरण देउ भन्ने दुइटा माग गरेका छौ’–उनले भने । उनले स्वदेशी उद्योगलाई धरायशी बनाउने खालको बजेट आएको सुनाए नेपालमा ४० देखि ३५ वटा देशभर प्याड उत्पादन गर्ने कम्पनी रहेको हो ।

प्याड उद्योगमा सबैजनाको गरेर ६ अर्ब बढी लगानी रहेको अधिकारीले बताए । नेपालमा जम्मा खपत ३० करोड हुने भन्दै आवश्यक ९० करोड उत्पादन गर्ने क्षमता नेपाली उद्योगमा रहेको उल्लेख गरे । उनले ६० प्रतिशत उत्पादन भएका प्याड कहाँ बेच्ने त्यसको टुंगो नभएको उनले स्पष्ट पारे । उनले भने,‘यस्तो अवस्थामा सरकारले आयातलाई हदैसम्मको सुविधा दिएर विदेशी मोडललाई प्राथमिकता दिएको हो । उनले सरकारको १.५ प्रतिशत कर लगाएर आयात गर्ने नीतिले नेपाली उद्योगहरु ध्वस्त र बन्द हुने अवस्था सिर्जना भएको बताए । उनले भने,‘६ हजार जनाको रोजगारी गुमाउने अवस्था छ । ’६ अर्ब गुमाउनु पर्ने अवस्था आएको भन्दै उनले अबिलम्ब सरकारले यो निर्णय फिर्ता नलिएमा जुनसुकै पहल कदमी चाल्न बाध्य हुनेपनि चेतावनी दिए । ‘उद्योग चलाउने अवस्था छैन्, सबै उद्योगीहरु मिलेर अर्थमन्त्री र सरकारलाई तालाचावी बुझाउने निर्णय गरेका छौ ।’

पाकिस्तानमा बाहिरका सामान आयातमा २० प्रतिशत आयातमा कर लगाइएको भन्दै भारतमा पनि २३ प्रतिशत कर लिएको उल्लेख गरे । तर, नेपालमा १.५ प्रतिशत आयातमा ट्याक्स लिएर नेपाली उद्योगलाई ध्वस्त गर्ने, सिध्याउने, नष्ट गर्ने नीतिले उद्योग सकिने अवस्थामा पुगेको अधिकारीले बताए ।

त्यस्तै, नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको उपाध्यक्ष सुर्यबहादुर थापाले सरकारले आयात कर कम गर्दा सेनेटरी प्याड मात्र नभई धेरै उद्योगहरुमा समस्यामा परेको बताए । उनले नेपाल सरकार पनि सेन्थेटिक प्याड उद्योगको २५ प्रतिशत पार्टनर भएको जानकारी दिए । उनले भने,‘सरकार आफैले योजना बनाउनुपर्ने जिम्मेवारी भएपनि उल्टै राज्यले नै विदेशबाट आउने सामानहरु, मल्टिनेशनल कम्पनीमा आउने सामानहरुलाई प्राथमिकतामा राखेर ९० प्रतिशत राजस्व घटाएको छ त्यसमा मेरो आपक्ति छ ।’थापाले राज्यले आफु पार्टनर भएको पनि बिर्सिएको समेत टिप्पणी गरे । यस्ता उद्योगबाट ६ हजार महिलाले रोजगारी पाएको उल्लेख गर्दै उनले ६ हजारले रोजगारी गुमाउने अवस्था आउन लागेको समेत जिकिर गरे ।

समृद्ध नेपाल बनाउने र स्वरोजगार बनाउने कुरा नारा कहाँ पुग्यो रु उनले प्रश्न गरे । देशलाई समृद्ध बनाउने नारालाई अहिले सरकारमा बसेका प्रतिनिधिले बुझेर त्यसै अनुसार योजना बनाउनुपर्ने बताए । उद्योगीको हितमा नभएको निर्णय तत्काल फिर्ता लिनु पर्ने उनको भनाई छ । त्यस्तै, डा.सपना पाण्डे भुषालले सरकारले सम्बन्धित क्षेत्रसँग सल्लाह नगरी बजेट प्रस्तुत गरेको बताइन् । ‘बजेट भाषण हुनुअघि सरकारले त्यस क्षेत्रसँग सल्लाह गर्नुपर्ने थियो, तर सरकारले त्यसो गरेन,’ उनले भनिन् ।

देश बाहिरबाट सामान ल्याउनै पर्ने भए नेपालमा उत्पादन भएका भन्दा सस्तो दरमा मात्र खरिद गर्नु पर्ने उनले धारणा राखिन । डा. भुषालले नेपाली सामान भन्दा विदेशी सामान सस्तो दरमा पाउनुपर्नेमा जोड दिइन् । उनले सबैलाई नेपाली उत्पादन नै प्रयोग गर्न समेत सुझाव दिइन् । महिलाको संख्याको तुलनामा ३ गुणा बढी प्याड उत्पादन गर्ने क्षमता नेपालसँग भएको उनले स्पष्ट पारिन् । कच्चा पदार्थमा कर घटाएमा देश र उद्योगी सबैको हित हुने उनको बुझाइ छ ।

बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०५ भन्सार महशुल छुटको घोषणा गरीएको छ । हालको १५५ रहेको भन्सार महशुल अव १.५५ मात्र लागु हुनेछ जबकी कच्चा पदार्थमा १५ भन्सार महशुलको घोषणा गरीएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५४ अन्त शुल्क वारे कुनै घोषणा गरीएको छैन । यसो हुँदा तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्छ जबकी कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार महशुल कम्तिमा दुई तहको फरक हुनुपर्ने हो यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुनेछन र रु १.५ अर्वको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक रु ७५ अर्व पुग्नेछ र व्यापार घाटाको डरलाग्दो घेरा बाट हामी कहिल्यै उम्किन सक्ने छैनौं ।