७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

महानगरमा मोडिएको मतदाताको मन

महानगरमा मोडिएको मतदाताको मन
अ+ अ-

काठमाडौँ । देशकै पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसक्नुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको मतगणनाकार्य पनि भोलिपल्टैदेखि सुरु भयो । प्रारम्भिक चरणदेखि युवा एवं स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै थियो । त्यसलाई निरन्तरता दिँदै मतगणनाको १३ दिनपछि साह नगरप्रमुख बन्नुभयो ।

अहिलेको निर्वाचन नेपालको संविधान २०७२ जारी भएपछिको दोस्रो हो । नेपालको सबैभन्दा पुरानो र ठूलो महानरमा पहिलोपटक स्वतन्त्र उम्मेदावर युवा बालेन्द्र साहलाई विजय हुनु मतादाताले खोजेको नयाँपन मात्र नभइ पटक–पटक ठूला राजनीतिक दलका जनप्रतिनिधिले जनताको सपनालाई पूरा गर्न नसक्नुको परिणामका रुपमा पनि लिन थालिएको छ ।

साहको प्रतिबद्धतापत्रमा नागरिकको दैनिकीभन्दा पर पुगेर मनोरेल मेट्रोरेलजस्ता तत्काल गर्न नसकिने काम छैनन्, महानगरमा फोहर व्यवस्थापन, अपुग खानेपानीको आपूर्ति, अव्यवस्थित तार व्यवस्थान ट्राफिक जामजस्ता समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सहजरुपमा नागरिकको पहँुचलगायतका विषयलाई आफ्नो मुख्य कामको रुपमा लिइएको छ ।

काठमाडौँ देशको संघीय राजधानी हो, संस्कृतिको धरोहर हो । यहाँ फरक किसिमको राजनीतिक आस्था र विश्वास छ । आफ्नो पिता पूर्खादेखिको मतदान गर्ने संस्कारलाई परिवर्तन गरेर स्वतन्त्रतर्फ भोट केन्द्रीत गर्न सक्नुपनि साहको अर्को साहस हो । मतगणना सुरुदेखिनै आम मानिसको चासोको विषय बनेको थियो, काठमाडौँमा के हुन्छ रु ‘कोर एरिया’मा प्रवेश नगर्दासम्म राजनीतिक दलबाट आफूले प्रमुखको उम्मेदवारी दिएका नेपाली कांगेसको तर्फबाट सिर्जना सिंह र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को तर्फबाट केशव स्थापितको आशा जीत तर्फनै थियो ।

जब कोर एरिया मानिने क्षेत्रको मतगणना कार्य सुरु भयो, जहाँ बालेन्द्रले आफूलाई पछि नपारी आफ्नो अग्रता कायमै राख्दै जानुभयो । यसरी साहको अग्रता कायम भइरहँदा सिंह र स्थापितले आफूले जित्ने आशा मार्दै भन्ने थाल्नुभयो, मतदाताको एकएक भोटको पनि सम्मान गछौँ ।

साह आफुलाई गत शुक्रबार मुख्य निर्वाचन कार्यालय काठमाडौँले निर्वार्चित घोषणा गरेलगत्तै उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोलमा पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी पदभार ग्रहण गरेको दिन सोमबार पनि उहाँले कामपाको फोहर व्यवस्थापको काम नगरी फूलमाला र खाँदा नलगाई काममानै केन्द्रीत हुँदै सोहीअनुरुप कार्यपालिका सदस्यलाई परिचालन गर्नुभयो ।

पहिलो दिनको निर्णय

कामपाको नवनिर्वाचित प्रमुख साहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले प्रमुख÷उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरेको छ । महानगरले सहकार्य गर्ने रेष्टुराँ र प्रेट्रोलपम्मसँग कामपाले सङ्केत चिह्न राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ । तत्काल नगरवासीको गुनासो सम्बोधन गर्न कल सेन्टरको स्थापना गर्ने पनि पहिलो बैठकको उपलब्धि हो ।

सहज पानी र फोहर व्यवस्थापननै मतदाको आशा

नवनिर्वाचित जनप्रतिनीधिसँग मतदाताको त्यति धेरै आशा छैन । कामपा वडा नं १७ का स्थायी बासिन्दा विनोद कपालीले दैनिक जीवन सञ्चालमा आएका समस्या जस्तै फोहर व्यवस्थापन, खानेपानीको सहज पहँुच, निर्धारित समयमा तोकिएको स्थानमा पुग्नका लागि ट्राफिक व्यवस्थापन र सम्पदा संरक्षण नै युवा जनप्रतिनीधिसँग आफ्नो माग रहेको बताउनुभयो ।

त्यसैगरी वडा नं १२ का हेमराज रेग्मीको भनाइ पनि कपालीको भन्दा फरक छैन । निरन्तर रुपमा फोहर व्यवस्थापन हुन नसकेको पनि तीन महिना भइसक्यो यसको नियमित व्यवस्थापन हुनप¥यो । वर्षको समय सुरु भएसँगै यसले थप समस्या ल्याउन सक्छ जनप्रतिनीधिले बेलैमा यसतर्फ ध्यान दिन आवश्यक छ ।

एमाले र कांग्रसको सिट कति ?

अघिल्लो स्थानीय तह निर्वाचनामा प्रमुख पदसहित वडाध्यक्ष र सदस्यमा पनि राम्रो पकड जमाउन सफल भएको एमाले यस पटक उपप्रमुख पद जीते पनि दोस्रोमा सीमित हुनुपरेको छ । कामपामा कार्यपालिका सदस्यमा कांग्रेसको बहुमत रहेको छ । ३२ वटा वडा रहेको कामपामा कांगे्रसले १९ वडाध्यक्षसहित ७४ सदस्य जितेर पहिलो पार्टी बनेको छ भने एमाले १२ वडाध्यक्ष र ४८ सदस्य सीमित हुनुपरेको छ ।

वडा नं १५ मा नेकपा ९एकीकृत माजवादी०का को तर्फबाट यस अघि कामपाको प्रवक्तसमेत रहनुभएका ईश्वरमान डङ्गोल प्यानलसहित विजय हुनुभएको छ । विगतको निर्वाचनमा प्रमुखसहित १८ वडाध्यक्ष जीतेको एमाले यस निर्वाचनमा १२ मा सीमित हुनुपरेको छ, भने कांग्रेसले वडाध्यक्ष र सदस्यमा सङ्ख्या थपेर कार्यपालिका सदस्य सङ्ख्या बहुमत बनाएको छ ।

कांग्रेसले वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९, ३० मा वडा अध्यक्षसहित सदस्यम विजयी हात पारेको छ । त्यसैगरी एमालेले कामपा वडा नम्बर १,२, ३, ४, ५, १३, १८, २१, २२, २३, ११ र ३२ वडा अध्यक्षसहित सदस्य पदमा विजयी भएको छ । रासस