३ माघ २०८१, बिहीबार
,
Latest
ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात करेन्ट लागेर युवकको मृत्यु नेपालीको आत्मियता र आतिथ्यताबाट मोहित भएका चिनियाँ पर्यटक ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइनः ट्राफिक प्रहरी प्रमुख घिमिरे वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि हातपात गर्ने व्यक्तिविरूद्ध दिए जाहेरी बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर र पर्वतनका मुद्दाहरु अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भयोः मन्त्री… नेप्से परिसूचक सात अङ्कले घट्यो भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा फौजी किराको प्रकोप, सम्बन्धित निकायबाट उचित पहल नहुदा किसान मर्कामा



अ+ अ-

सप्तरी । सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । उनीहरुका अनुसार दुई हप्ताहदेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो ।

सप्तकोसी–१० का विनोद पण्डितले भन्नुभयो, “किसानले लगाएका मकैका बिरुवाको पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थालेका छन् ।”उक्त नगरपालिकाको वडा नं १ को फत्तेपुर, वडा नं २ को पर्सा, वडा नं को ३ सखुबनी, वडा नं को ४ बलार्दह र वडा नं ५को गङाजली क्षेत्रमा फौजी किराको बढी प्रकोप देखिएको छ । कृषि प्राविधिकको सल्लाहअनुसार आफूहरूले विभिन्न कीटनाशक औषधि प्रयोग गरे पनि प्रकोप नियन्त्रणमा आउन नकसेको वडा नं १ का राजकुमार चौधरीले बताउनुभयो ।

हुर्कंदै गरेको मकैमा किरा लागेर मेलैसँग मकैको बोट नै नष्ट गरेको बताउँँदै रामकृष्ण चौधरीले मौसम पनि ठिकै भएकाले बाली राम्रो होला भन्ठानेकामा किरा लागेर सबै बोट सखाप हुन लागेको गुनासो गर्नुभयो । एघार वटा वडा रहेको उक्त नगरपालिकाका सबैजसो वडामा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको स्थानीय किसानहरुले जानकारी दिए । विगत केही वर्षयता उक्त नगरपालिका क्षेत्रमा फौजी किराको समस्या देखिएको हो । समस्या सामाधानका लागि नगरपालिका, कृषि शाखालगायत सम्बन्धित निकायबाट उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दै आएका छन् ।