३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

पर्यटकीय गन्तव्य बन्दै बाँकेको सिद्धिविनायक उद्यान

पर्यटकीय गन्तव्य बन्दै बाँकेको सिद्धिविनायक उद्यान
अ+ अ-

राँझा । बाँकेको डुडुवा गाउँपालिका–५ नानापुरस्थित सिद्धिविनायक उद्यान नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । उद्यानमा अहिले दैनिकजसो सर्वसाधारण घुमफिर गर्न आउने गरेका छन् ।

नेपालगञ्ज, कोहलपुरलगायत राप्तीसोनारीबाटसमेत सर्वसाधारण उद्यानमा घुम्न आउने गरेको क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका निवर्तमान अध्यक्ष चिरञ्जीवी ढकालले बताउनुभयो । उहाँका अनुसार उद्यानलाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गरी बाह्य तथा आन्तरिक पर्यटक आउने वातावरण बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।

नानापुरको बाबुकुवा सामुदायिक वन परिसरमा करिब १० हेक्टर जमिनमा सिद्धिविनायक उद्यान निर्माण गरिएको छ । राँझा विमानस्थलबाट करिब तीन किलोमिटर पूर्वतर्फ डुडुवाखोला तरेसँगै दक्षिणतर्फको बाटोमा पर्ने बाबुकुवा सिमसार क्षेत्रमा अहिले उद्यानका लागि आवश्यक संरचना धमाधम निर्माण भइरहेका छन् ।

उद्यान परिसरमा दुई शौचालय, एउटा गोलघर, सात थान विश्रामस्थल, एक सभा भवन, एक बाटिका र सिद्धिविनायक लायन्स स्तम्भ निर्माण सम्पन्न भएको छ । ५ नंवर वडा कार्यालयले बाटिका निर्माणमा सहयोग गरेको छ । करिब एक कठ्ठा क्षेत्रफलमा रु छ लाखको लगानीमा बाटिकाको निर्माणकार्य पूरा भएको वडाध्यक्ष झङ्कबहादुर थापाले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको २० नं वडास्थित राँझा विमानस्थलसँग जोडिएकाले पनि यो उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्न उहाँको भनाइ छ । आगामी आर्थिक वर्षमा थप आवश्यक बजेट विनियोजनका लागि आफू सकारात्मक रहेको वडाध्यक्ष थापाले बताउनुभयो ।

लायन्स क्लब अफ नेपालगञ्ज सिद्दिविनायकको अगुवाइमा उद्यान निर्माण भइरहेको हो । रु आठ करोड ५० लाखको गुरुयोजना बनाएर काम सुरु भएको उद्यानमा हालसम्म करिब रु ६५ लाख लगानी भइसकेको लायन्स क्लब अफ नेपालगञ्ज सिद्धिविनायकका अध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो ।

लायन्स क्लबको एनएलएफ फण्ड, केन्द्रीय कार्यक्रम, सांसद विकास कोष, वडा कार्यालय र क्लबका अध्यक्ष तथा सदस्यबाट आर्थिक सङ्कलन गरी निर्माण कार्य हुँदै आएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार हालसम्म डब्लुडब्लुएफबाट रु दुई लाख, बाबुकुवा सामुदायिक वन उपभोक्ता समितिको पहलमा रु ४० लाख, माछापालन किसान समूहबाट रु १० लाख, स्व दिनेश यादव सांसद विकास कोषबाट रु १० लाख, लायन्स क्लब केन्द्र्रीय कार्यक्रमबाट रु एक लाख, एनएलएफ कोषबाट रु ५० हजार र क्लबका अध्यक्ष र सदस्यहरूबाट रु छ लाख ५० हजार लगानी भएको छ ।

गुरुयोजना बमोजिम निर्माण सम्पन्न भइसकेपछि विभिन्न शीर्षकबाट हुन आउने आम्दानीबाट उद्यानको मर्मतसम्भार गर्ने र बचेको रकम समुदायका कमजोर आर्थिकस्तर भएका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी सहयोग गर्नेसमेत योजना रहेको उहाँले जानकारी दिनुभयो ।