२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गङ्गा दशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड मेला सुरू



अ+ अ-

रसुवा । गङ्गा–दशहरा पर्वअन्तर्गत रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लन थालेका छन् । पवित्र कुण्डमा स्नान र पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने र शरीरका रोगव्यादसमेत हट्ने विश्वास रही आएको छ । आजदेखि सुरू भएको गङ्गा–दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ । देवताका पनि देव महादेव भगवान् शङ्कर (शिवजी) गोसाइँकुण्डमा विराजमान रहनुभएको विश्वास गरिन्छ ।

गङ्गा दशहरा पर्वअन्तर्गत १० दिनसम्म चल्ने मेलामा आउने यात्रुहरूका लागि भोजन एवं बासस्थानको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायी तयार रहेको होटल व्यवसायी सङ्घ रसुवाका जिल्ला अध्यक्ष रामशरण गजुरेल निसानले बताउनुभयो ।

गङ्गा दशहरा पर्व मान्नका लागि यस वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड तीर्थमा एकपटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहिआएको छ ।

प्रत्येक वर्ष दुईपटक विशेष मेला लाग्ने र ती मध्ये जनैपूर्णिमा पर्वमा ठूलो मेला लाग्ने समाजसेवी टङ्कप्रसाद आर्चायले बताउनुभयो । अहिले सुरू भएको गङ्गा दशहरा पर्वमा नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवानसमेतका भक्तजनको आगमन भइरहेको स्थानीय होटल व्यवसायीले बताएका छन् । धार्मिक क्षेत्रको सुरक्षा व्यवस्था मिलाइसकिएको जनाउँदै जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले निर्धक्कसाथ धार्मिकयात्रा गर्न भक्तजनलाई अनुरोध गर्नुभएको छ । रासस