• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo

कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा



काठमाण्डौ । कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबि महिला बनेकी छन् । कतार ओलम्पिक कमिटीले आइतवारसांझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४९ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा रहरीएकोमा खुशि व्यक्त गरेको छ ।

राजकुमारी आश्मा नै पहिलो अरबि महिला हुन जसले नेपाल भारतको सीमामा अवश्थित तेस्रो अग्लो हिमाल कंचनजंगाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुबैतर्फवाट सफल आरोहण गरेकी छन् ।

आरोहणपछि इन्स्टाग्राममा पोष्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन् । साथै उनले ठुलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छन् । सपना देखेपछि त्यसलाइ पुरा गर्ने हिम्मत आउंने उनको भनाइ छ । जहां इच्छा त्यहां उपाय भन्ने भनाइ नै छ । उनी अगाडी लेख्छिन् मेरो सपनाले मलाइ कुनै पनि समय पछ्यारह्यो। निदाउनु अगाडी र उठेपछि त्यसकै पछि लाग्ने बनायो ।

यो सपना पुरा गर्नु त्यति सजिलो थिएन र पनि पुरा भएको छ ।सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबि महिला राजकुमारी आश्माले विश्वका धेरैजसो अग्ला हिमालको सफल आरोहण गरीसकेकी छन् ।