२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

पदकको कुरा पाँच श्रीमानहरुको विवेकको ईजलासमा !

पदकको कुरा पाँच श्रीमानहरुको विवेकको ईजलासमा !
अ अ+ अ-

सम्मानको संयोग, तत्कालीन संवैधानिक ईजलासका सबै न्यायाधीशलाई विभूषणकाठमाडौ  । सरकारले प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका अन्य चार न्यायाधीशलाई पनि विभुषण प्रदान गर्ने विवादास्पद निर्णय गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण, न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप पदक, न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई प्रसिद्ध प्रवल जनसेवाश्री सम्मान पाउनु भएको छ ।

उहाँहरु पाँचै जना प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा रहनु भएको थियो । श्रीमानहरुलाई पदक दिने निर्णय पछि न्यायीक क्षेत्रमा नयाँ बहस सुरु भएको छ । आलोचना गर्नेहरुले  सरकारले 'गुन' तिरेको भने पनि न्यायीक क्षेत्र भित्र यो बिषय पेचिलो बनेको छ ।

श्रीमानहरु लाई पदक प्रदान गरिएको  बारे बरिष्ठ अधिवक्ता श्रीहरी अर्याललाई पटक्कै चित्त बुझेको छैन । अर्यालले टिप्पणी गर्नुभयो 'बिना आधार भटमास बाँडे जस्तै गरी जथाभावी बाँडेको तक्माको अर्थ र महत्व कति हुन्छ? सरकारको यस्तो निर्णयले सरकारको कद घट्यो की बढ्यो सरकारले आत्मसमीक्षा गरोस् । राज्यको तर्फबाट बाँडिएको तक्माको इज्जत राख्ने काम सरकार स्वयंले छिटो गरोस् । '

अर्यालले मात्र होईन नेपाल बार एशोसिएसनका पूर्ब महासचिव सुनिल पोखरेलले टिप्पणी गर्नुभएको छ ,'न्यायधिश र प्रधान न्यायाधीशलाई सरकारले पदक दिने कुरा स्वाभाविक देखिएन । अस्विकार गरौ श्रीमान, मान बढ्ने छ !'

पदक प्रकरण बारे प्रतिनिधिसभा पुन स्थापना मुद्दामा सवैधानिक ईजलासमा बहस गर्नुभएका अघिवक्ता टिकाराम भट्टराईले पनि  टिप्पणी गर्नुभएको छ , वहालवाला न्यायाधीश हरुलाई कार्यपालिकावाट पुरस्कार दिने र त्यस्तो पुरस्कार ग्रहण गर्ने कार्यले स्वतन्त्र न्यायपालिकाको गरिमा मा प्रश्न उठ्छ ।सर्वोच्च अदालतको पूर्ण बैठकले यसलाई अस्वीकार गर्ने निर्णय गरोस् ।'

चौतर्फी आलोचना पछि पदकको बिषय पाँच श्रीमानहरुको बिवेकको ईजलासमा पुगेको छ । अब श्रीमानहरुले विवेक वा भावनाको कसीमा कुनलाई परख गर्नुहुन्छ सोही आधारमा न्यायमूर्तिको र सिंगो संस्थाको गरिमा कायम हुने अनुमान लगाउन सकिन्छ।