२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.39

Wind: 1.03

Humidity: 82

Latest
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घट्यो रवि विरुद्धको मुद्दामा कागजात स्क्यानिङ गरी अपलोड गर्न अदालतको आदेश ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो-राजकुमार शर्मा अन्तरराष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमा भवन भत्कँदा २९ जनाको मृत्यु, ३८ हराए



अ+ अ-

तेहरान । इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर कम्तीमा पनि २९ जनाको ज्यान गएको बताइएको छ ।साथै सो भत्किएको भवनमा अरु कम्तीमा पनि ३८ जना पुरिएको आशंका गरिएको छ । ती ३८ जना हराइरहेका प्रारम्भिक सूचनामा जनाइएको छ ।

आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् । यहाँको तासनिम समाचार समितिले दिएको समाचार अनुसार सो भवनमा परेकाहरुको उद्धारको कार्य भने जारी रहेको छ । इरानको खुजृस्तान प्रान्तका गभर्नर सादिक खालियानले दिएको जानकारीअनुसार सो प्रान्तको अब्दान सहरमा सो दुर्घटना भएको हो ।

गभर्नर खालियानले उक्त दुर्घटनाग्रस्त क्षेत्रको भ्रमण गरेर यहाँका समाचारदाताहरुलाई आइतबार राति दिनुभएको जानकारीअनुसार सो भवन भत्किँदा त्यसमा परेर २९ जनाको ज्यान गएको छ भने अरु ३८ जना हराइरहेका छन् ।उहाँले त्यसमा परेर मृत्यु भएका २९ को शव निकालिएको छ । तीमध्ये केहीको पहिचान खुल्न पनि बाँकी रहेको जानकारी पनि उहाँले दिनुभएको छ ।

सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरको बीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरिएको बताइएको छ ।हराएकाहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ । तर भवनको बाँकी भाग पनि भत्किएला जस्तो रहेकाले निकै सावधानीपूर्वक उद्धारको काम गरिरहनुपरेको अधिकारीहरुले जनाएका छन् ।