२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा फौजी कीराको समस्या



अ+ अ-

गलेश्वर । म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पुर्याउन थालेको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा त्यस्ता कीराले दुःख दिन थालेको हो ।

हुर्किसकेका, घोवा हाल्न लागेका र भर्खर उम्रिएर हरिया भएका मकैका बोटलाई कीराले सखाप अवस्थामा पुर्याएको किसानको बताएका छन् । भर्खर हरिया भएका बोटमा फौजी कीराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको मङ्गलाका किसान टेकबहादुर विकले गुनासो गर्नुभयो । उहाँका अनुसार विषादीले समेत कीराको आक्रमण रोकिन सकेको छैन ।

उहाँले भन्नुभयो “पछिल्लो दुई सातादेखि मकैबालीमा फौजी कीराको समस्या बढेछ । समस्या रोक्न विभिन्न उपाय अपनाए पनि कीरा नियन्त्रणमा आउन सकेको छैन । ”

बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायतका स्थानका किसानले लगाएका क्षेत्रका बालीमा कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र कीराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी बेहोर्नुपरेको बताउनुभयो ।

कीरा प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो । यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकैबालीमा कीराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुकककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै कीराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।

प्रायः सुक्खा मौसममा देखिने सो कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि कीराको आक्रमण बढेको कृषि प्राविधिक बताउँछन् । कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्याउने कृषि प्राविधिकले जनाएका छन् ।