• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

बजेट अनुत्तरदायी र हावा: पूर्वअर्थमन्त्री पौडेल



file

काठमाडौ नेकपा(एमाले)का सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट अनुत्तरदायी र हावा भएको टिप्पणी गर्नुभएको छ । बजेट बारे प्रतिक्रिया दिदै पौडेलले भन्नुभयो ‘सरकारले आफ्नो सिमा र हैसियत बिर्सेर बजेट ल्याएको छ ।’

उहाँले अर्थमन्त्रीको पदीय हैसियतलाई दुरुपयोग गरेर चुनावमा भोट बटुल्नका लागि मात्रै बजेट आएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा हुन नसक्ने बताउनुभयो । निश्चित नेताहरुलाई लक्षित गरेर बजेट आएको  बताउनुभयो ।