३ माघ २०८१, बिहीबार
,
Latest
पुलिसले जित्यो जय ट्रफीको उपाधि ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात करेन्ट लागेर युवकको मृत्यु नेपालीको आत्मियता र आतिथ्यताबाट मोहित भएका चिनियाँ पर्यटक ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइनः ट्राफिक प्रहरी प्रमुख घिमिरे वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि हातपात गर्ने व्यक्तिविरूद्ध दिए जाहेरी बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर र पर्वतनका मुद्दाहरु अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भयोः मन्त्री… नेप्से परिसूचक सात अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण आगामी वर्ष पूरा गरिने



अ+ अ-

काठमाडौँ । सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनःनिर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा सम्पदा पुनःनिर्माण सकिने लक्ष्य राखिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये करिब ६०० सम्पदा पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ ।

पुनःनिर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि गत वर्ष नै सम्पन्न भए पनि सम्पदा पुनःनिर्माण भने अझै जारी छ । सम्पदा पुनःनिर्माण अन्य भवन निर्माणजस्तो छिटो गर्न नसकिने भएकाले समय लागेको पुरातत्वविद्को भनाइ छ ।

ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदास्थललाई उत्खननका कामलाई प्राथमिकताका साथ निरन्तर जारी राखिने बजेट वक्तव्यमा उल्लेख छ । संस्कृति र सभ्यतालाई प्रवद्र्धन गरी धार्मिक पर्यटकको आगमन बढाउने लक्ष्य पनि सरकारले राखेको छ । धार्मिक पर्यटनसमेत प्रवद्र्धन गरी आगामी आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।