२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आ.व.मा कुल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड हुने अनुमान



अ+ अ-

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आ.व. २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान रहेको बताउनुभएको हो ।

उहाँले कुल सरकारी खर्च मध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ अर्थात् ९१.२ प्रतिशत, पुँजिगत खर्च ३ खर्ब ९ करोड रुपैयाँ अर्थात् ७९.४ प्रतिशत र वित्तिय व्यवस्था तर्फ १ खर्ब ७५ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान छ । कुल सरकारी खर्च मध्ये चालु खर्च रु ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजिगत खर्च रु ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तिय व्यवस्था तर्फ रु १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।’

उहाँले चालु आर्थिक वर्षमा राजस्वमार्फत् ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ संकलन हुने अनुमान रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड रुपैयाँ र ऋण १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ परिचालित हुने संशोधित अनुमान रहेको बताउनुभयो । त्यस्तै चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म १ खर्ब ३५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएका तथा २ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ । चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु १ खर्ब ७२ अर्ब ८८ करोड परिचालित हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म रु १ खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ । चालु आर्थिक वर्षमा रु २ खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको छ ।’

अर्थमन्त्री शर्माले आ.व. २०७९/८० को बजेट संसदमा प्रस्तुत गरिरहनुभएको छ ।