• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

कृषिमा ५५ अर्ब ९७ करोड विनियोजन



काठमाडौं । सरकारले कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट भाषण वाचन गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन् ।

यस्तै, उनले कृषि उत्पादन केन्द्रका रुपमा विकास गरिने, बाँझो जमिनको उपयोग गरिने, कृषिको बजार व्यवस्था गर्ने, कृषिको न्यूनतम समर्थन मूल्य तोकिने, तीन सय कृषि स्वयमसेवक तयार पारिने, उपयोगविहीन जमिनको प्रयोग गरिने, किसानलाई कृषि कर्जा घरदैलोमै उपलब्ध गराउने, लघुबित्त मार्फत यस्तो व्यवस्था गरिने जानकारी दिए ।