३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न मन्त्री आलेको आग्रह

नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न मन्त्री आलेको आग्रह
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरेको १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कोभिड–१९ को विश्वव्यापी महामारीका कारण पर्वतीय पर्यटनमा समेत सिथिलता आएको अवस्थामा यस दिवसका माध्यमबाट नेपालको पर्यटन सुरक्षित रहेको जानकारी गराउन र नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री आलेले विश्व तापमानमा वृद्धि हुँदै जाँदा नेपालका हिमाल पनि सङ्कटमा पर्दै गइरहेका कारण हिमाली संस्कृतिले चुनौती व्यहोर्नु परेको चर्चा गर्नुुभयो । उहाँले भन्नुभयो, “विश्व तापमानमा वृद्धि हुँदै जाँदा हाम्रा हिमाल सङ्कटमा पर्न थालेका छन्, जसले गर्दा हिमाली पहिचान र संस्कृतिलाई नै चुनौती थपिँदै गएको छ ।” हिमाली स्वच्छताको अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाका बीचमा सार्थक सहकार्यको आवश्यकता रहेकोसमेत मन्त्री आलेले जानकारी गराउनुभयो ।

सगरमाथा र अन्य हिमाल नेपाल र नेपालीका गौरव तथा राष्ट्रिय सम्मानका प्रतीक रहेको बताउँदै उहाँले भन्नुभयो, “हिमाली वातावरणको स्निंग्धता र स्वच्छतालाई कायम गर्दै हिमाली समुदायको संस्कृतिलाई संरक्षण गर्ने कार्यमा सबै सरोकारवालाको साथ र सहयोग प्राप्त हुन जरुरी छ ।” सोही अवसरमा मन्त्री आलेले हिमालको संरक्षण तथा सम्वद्र्धन गर्ने कार्यमा नीतिगत सुधार गर्दै ठोस कार्यान्वयन योजना निर्माण गर्न आफूसहित सिङ्गो मन्त्रालय प्रतिबद्ध रहेको जानकारीसमेत गराउनुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सान र गरिमालाई थप उचाइमा पुर्याउन आफू सधैँ लागिपर्नेसमेत मन्त्री आलेले वचन बद्धतासमेत व्यक्त गर्नुभयो ।उहाँले सगरमाथा बेस क्याम्पमा विदेशी पर्यटक आएका समयमा नेटको लाइन काटी कालाबजारी गर्ने गरेको जानकारी पाइएकाले त्यो कार्य तत्काल रोक्न र दोषीलाई कारवाही गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफूले सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जानकारी गराएको बताउनुभयो ।

कार्यक्रम मूल समारोह समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले आजकै दिन सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथाको शिखर चुम्नुभएकाले उहाँहरुको साहस र योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले सगरमाथा आरोहीका समस्या समाधानका लागि मन्त्रालय तथा विभाग सधैँ सकारात्मक रहेको जानकारीसमेत गराउनुभयो ।