२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्र्ड स्कुल स्पोर्ट्स टोली नेपाल फर्कियो



अ+ अ-

काठमाडौं । आईएसएफ यु–१५ वल्र्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भइ १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।
सर्बियाको बेलग्रेडमा सेप्टेम्बर ११ देखि १९ तारिखसम्म भएको गेम्समा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तेक्वान्दोतर्फ नेपालले ३ कांस्य पदक जित्यो । ब्यक्तिगत पुम्सेको ब्वाइजमा लावाङ लामा र गल्र्समा सिमानी लामाले कांस्य जिते ।

दुवै मिलेर पेयर पुम्सेमा पनि नेपाललाई कांस्य दिलाए । पौडी टोलीले भने ‘बेस्ट पर्फमर टोली’ को उपाधि जितेको आईएसएफ डेलिगेटका रुपमा सहभागी राजकुमार कार्कीले जनाएका छन् ।

कार्कीका अनुसार गेम्स विभिन्न ३५ राष्ट्रका ५ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । टोली खेलाडी, अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।