२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार स्थापना



अ+ अ-

काठमाडौं । मदन भण्डारी फाउण्डेशनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ ।

सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्तिमा सहयोग हुने गरी लोकतान्त्रिक सामाजिक न्यायको क्षेत्र विशेषतः हिंसा तथा विभेदरहित समाज निर्माण, पर्यावरण र सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण, मानवअधिकार, सार्वजनिक शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच, न्यायमा पहुँच, मर्यादित जीवनको लागि निरन्तर कार्यरत व्यक्ति वा संस्थालाई पुरस्कृत गर्नु यस पुरस्कारको मूल उद्देश्य सो संस्थाले जनाएको छ ।

यस वर्ष समाज परिर्वतन र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएका व्यक्ति/संस्थालाई प्रदान गर्ने भएकाले राष्ट्रिय पुरस्कारको लागि आवेदन आह्वान गरिएको फाउण्डेशनका सचिव पेमा लामाले जानकारी दिनुभयो ।

विसं २०६८ देखि हरेक वर्ष जननेता मदन भण्डारीको जन्मजयन्ती (असार १४ गते) को अवसरमा रु एक लाख राशिकै मदन भण्डारी राष्ट्रिय पुरस्कार पनि प्रदान हुँदै आएको छ । नेपालको राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा सहयोग हुने गरी आर्थिक समुन्नति तथा अवसरको समन्यायिक वितरणका क्षेत्रमा अध्ययन, अनुसन्धान, उद्यमशीलता, आविष्कार, नवप्रवर्तन र राष्ट्रिय पुँजी निर्माणका लागि योगदान पु-याउने व्यक्ति/संस्थाको पहिचान गरि पुरस्कृत गर्नु रहेको जनाइएको छ । यस वर्ष राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कृषि क्षेत्रमा नवीन प्रयोग गरेको व्यक्ति/संस्थालाई प्रदान गर्ने निर्णय भएकाले आवेदन माग गरिएको छ । रासस