२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्नुस्’



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयअन्तर्गत निकाय तथा विभागमा कार्यरत सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

सफाइ अभियन्ता खेम शर्माले मन्त्रालयको निर्देशनमा मन्त्रालय मातहतका सात स्थानमा गरेको सरसफाइ अवस्थाको अध्ययन प्रतिवेदन आज बुझ्नु हुँदै मन्त्री आलेले उक्त निर्देशन दिनुभएको हो । अभियन्ता शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सांस्कृतिक, पर्यटकीय तथा व्यावसायिक महत्वका स्थानको एक हप्ता लगाएर सरसफाइ अवस्थाको अनुगमन गर्नुभएको थियो ।

मन्त्री आलेले आफ्नो मन्त्रालयअन्तर्गत विभाग तथा निकायमा कार्यरत सरसफाइ कर्मचारीलाई तत्काल तालिमको व्यवस्था गर्न सम्बन्धित निकायका प्रमुखलाई आज निर्देशन दिनुभएको हो । मन्त्री आलेले सम्बन्धित निकायले तत्काल सफाइ मजदुरलाई आफ्नो पेशाप्रति गौरव हुने र सीपयुक्त बन्ने गरी तालिमको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “सरसफाइ स्वास्थ्यका लागि नभइ नहुने सीप हो, मन्त्रालय मातहतका विभाग तथा कार्यालय टिलिक्क टल्किनुपर्छ र सफा सुग्घर राख्नुपर्छ ।” अनुगमन प्रतिवेदनको निष्कर्षमा प्रतिवेदक शर्माले सफाइ मजदुरमा तालिमको व्यवस्था हुनुपर्ने, सरसफाइका उपयुक्त सरसामान तथा रसायनको प्रयोग हुनुपर्ने तथा प्रभावकारी अनुगमन हुनुपर्ने जानकारी दिनुभयो ।

पहिलो चरणमा पर्यटकको बाक्लो आगमन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ मजदुरलाई तालिम दिन र त्यहाँको कामको प्रभावकारी अनुगमन गर्न पनि मन्त्री आलेले निर्देशन दिनुभयो । मन्त्री आलेलाई प्रतिवेदन हस्तान्तरण गर्दै सरसफाइ अभियन्ता शर्माले नेपालका सरसफाइ मजदुरलाई पेशागत प्रशिक्षण दिने मन्त्री आलेको निर्देशनबाट आफू निकै खुशी भएको बताउनुभयो ।

सरसफाइ पेशालाई सम्मानित र गौरवयुक्त बनाउन तथा मन्त्रालयअन्तर्गत कार्यालयको सरसफाइको अवस्थामा आमूल परिवर्तन गर्न मन्त्रीले निर्देशन एतिहासिक हुने मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीलगायत सिङ्गो मन्त्रालय परिवार र निकायका प्रमुख सरसफाइप्रति गम्भीर हुनुभएको छ, मन्त्रालय मातहतका सबै निकाय, कार्यालय तथा विभाग सफा र सुग्घर हुने छन् ।”