१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको काठमाडौँ महानगरमा पहिलो जीत, डंगोल बने वडाध्यक्ष



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले काठमाडौँ महानगरपालिकाको वडामा पहिलो जीत निकालेको छ । काठमाडौँ महानगरको वडा नं १५ मा एकीकृत समाजवादीका ईश्वरमान डंगोल तीन हजार ४७६ मतसहित निर्वाचित भएका हुन् ।

काठमाडौँ महानगरको वडामा विजयी हुने डंगोल एकीकृत समाजवादीका एकमात्र उम्मेदवार हुन् । उनले नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जीवन डंगोललाई फराकिलो मतले जितेका हुन् । जीवनले एक हजार ५७२ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले) का उम्मेदवार पूर्णकाजी शाक्यले एक हजार ३९३ मत पाएका छन् ।

यसअघि विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि ईश्वरमान एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।