२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक चीन नीतिमा नेपाल छ कि छैन ?- देउवालाई ओलीको प्रश्न



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री उज्रा जिया तिब्बती शरणार्थी क्याम्प गएकामा आपत्ति प्रकट गरेका छन् ।

प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सरकारले छद्म विदेश नीति लिएको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे, “नेपाल एक चीन नीतिमा छ कि छैन ?”

ओलीले एउटा सहायक मन्त्री आउँदा सरकारको स्कर्टिङ लिएर गुम्बागुम्बामा कसरी पुग्न सक्छ भन्दै उनले प्रश्न गरे, “अमेरिकी सहायकमन्त्रीलाई गुम्बामा प्रवेश गर्न कसले अनुमति दियो ? किन अनुमति दियो ? छिमेक सम्बन्धप्रति हाम्रो इमान्दारी हुन्छ कि हुँदैन ? हाम्रो संविधानले भनेको तटस्थता यही हो ?”

उनले सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरे । छिमेकी राष्ट्रहरूको संवेदनशीलता र सन्तुलित सम्बन्धमा सरकारले ध्यान दिन नसकेको उनले आरोप लगाए ।