२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती शरणार्थीलाई उकास्ने काम भयो: ओली



अ+ अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिकी उपसहायक मन्त्री उज्रा जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई उक्साउने गतिविधि गरेको बताउनु भएको छ ।

एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती शरणार्थीलाई उकास्ने कार्य भएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो ‘नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यताहरुलाई खण्डित गर्ने प्रकारको व्यवहार अमेरिकी उपसहायक विदेशमन्त्रीबाट भयो,।’

ओलीको भनाई उदृत गर्दै एमाले प्रमुख सचेतक बिशाल भट्टराईले भन्नुभयो ‘नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने परराष्ट्र नीति रहेको भन्दै त्यसमा एमाले प्रतिवद्ध भएर लाग्छ ।’

नेपाल भ्रमणका क्रममा अमेरिकी उपसहायक मन्त्री जियाले जावलाखेल र बौद्धस्थित तिब्बती शरणार्थी शिविरमा पुगी भेट गर्नुभएको थियो । नेपाल आउनु अगाडी जियाले भारतस्थित धर्मशालामा दलाई लामालाई भेट गर्नुभएको थियो । जियाको नेपाल भ्रमण र तिब्बती शरणार्थीसँगको भेटलाई चीनले चासोका साथ लिएको जनाईएको छ ।