२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जनताको कामका लागि अभिप्रेरित गर्ने उद्देश्यले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । यही जेठ १८ र १९ गते काठमाडौँमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

प्रशिक्षणमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता हुनेछन् । जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने उनले बताए ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिनुहुनेछ । पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन स्पष्ट निर्देशन दिने माओवादी तयारी छ ।

माओवादीले जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका पनि तयार गरिरहेको मुख्यसचिव ढकालले जानकारी दिए ।




भर्खरै