२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओलम्पिकमा नेपालको झण्डा स्यान्टु र मनिताले बोक्ने

काठमाडौँ: फ्रान्सको पेरिसमा आयोजना हुने ३३औँ गृष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ र जुडो खेलकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन् । यही साउन ११ देखि २७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको भण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।