© 2023
काठमाडौं । भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यास फिर्ता लिएका छन् । गत जेठमा सन्यासको घोषणा गरेका ४० वर्षीय क्षेत्रीले फेरि भारतीय टिमबाट खेल्ने भएका हुन् । क्षेत्रीले पछिल्लोपटक भारतका लागि गत जुन ६ मा कुवेतविरुद्ध खेलेका थिए । भारतको सिनियर टोलीबाट १५० खेल खेलेका उनले कुल ९४ गोल गरेका छन्