© 2023
काठमाडाैँ । राष्ट्रिय एकता दलले सरकारले भन्सारमा लागू गरेको नयाँ महशुल नीति र स्थानीय तहहरूले चलाएको ‘डोजर आतंक’ विरुद्ध काठमाडौँको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सर्वसाधारणले सीमावर्ती क्षेत्रबाट घरायसी प्रयोजनका लागि ल्याउने सामानमा समेत एक सय रुपैयाँ भन्सार कर लिने सरकारको निर्णय जनविरोधी भएको दाबी गरेका छन्