© 2023
काठमाडौं । नेकपा (एमाले)ले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा उहाँको कार्यालय र घरमा खानतलासी गरिएको घटनाप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले पत्रकार श्रेष्ठमाथि भएको व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभयो । उहाँले सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोपसमेत लगाउनुभयो