© 2023
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक कीर्तिपुर–ट्याङ्लाफाँट बस्दै आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन्। काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार नरदेवी स्थायी घर भएका श्रेष्ठको परिवारले शवको सनाखत गरेको हो। उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। मंगलबार