© 2023
रुपन्देही। नेकपा एमाले गुल्मीले मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठलाई पार्टी सदस्यबाट एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ। जिल्ला कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख चक्रबन्दु भुसालका अनुसार पार्टी पदाधिकारीको बैठकले सो निर्णय गरेको हो। गत असार २९ गते पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा श्रेष्ठसँग स्पष्टीकरण मागिएको थियो।