१ भाद्र २०८३, सोमबार
,
Latest
देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले गुल्मीले मुसिकोट उपप्रमुख गंगा श्रेष्ठलाई गर्‍याे निलम्बन



अ+ अ-

रुपन्देही। नेकपा एमाले गुल्मीले मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठलाई पार्टी सदस्यबाट एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

जिल्ला कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख चक्रबन्दु भुसालका अनुसार पार्टी पदाधिकारीको बैठकले सो निर्णय गरेको हो। गत असार २९ गते पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा श्रेष्ठसँग स्पष्टीकरण मागिएको थियो।

उनले असार ३२ गते जवाफ बुझाए पनि जिल्ला कमिटीले उक्त स्पष्टीकरण असन्तोषजनक भएको ठहर गरेको भुसालले बताए। मुसिकोट नगरकमिटीको सिफारिस र थप अध्ययनपछि कारबाही गरिएको उनको भनाइ छ।

कारबाही पत्रमा विस्तृत विवरण उल्लेख नगरिए पनि, विभिन्न विषयमा कमजोरी देखिनुका साथै सचेत गराउँदा पनि कार्यान्वयन नभएको कारण यस्तो निर्णय लिइएको भुसालले स्पष्ट पारे।

श्रेष्ठले यसअघि नगरको बजेट निर्माण प्रक्रियामा आफूलाई बाइपास गरिएको भन्दै नेतृत्वको आलोचना गरेकी थिइन्। उनले भनिन्, “नगरमा बोलेको कुरा पार्टीको होइन, मेयरको कार्यशैलीविरुद्धको हो। त्यसैले कारबाही भए पनि सहन्छु।”

आफूलाई आधिकारिक कारबाही पत्र अझै प्राप्त नभएको जनाउँदै श्रेष्ठले पार्टी नछोड्ने स्पष्ट पारिन्। “मैले नगरभित्र पदको अधिकार मात्र खोजेको हो, त्यो पार्टीलाई मन नपरेको हुनसक्छ,” उनले भनिन्। श्रेष्ठ नेकपा एमाले गुल्मीको जिल्ला सदस्य रहिएकी थिइन्।