४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय चुलो वितरण

कञ्चनपुर। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुनदेवी उपभोक्ता समितिअन्तर्गतका उपभोक्तालाई आज निःशुल्क रूपमा विद्युतीय चुलो वितरण गरिएको छ । समितिको शुक्लाफाँटा नगरपालिका ६ कसरौलस्थित कार्यालयमा आयोजित कार्यक्रममा ८५ जना उपभोक्तालाई विद्युतीय चुलो वितरण गरिएको हो । उपभोक्तालाई विद्युतीय चुलोसँगै कुकर, तवा, कराइलगायत भाँडा निःशुल्क रूपमा वितरण गरिएको छ