© 2023
काठमाडौँ । नेकपा (एमाले)का सांसद भिम आचार्यले संसद बैठकमा बोलेको कुरालाई लिएर नेपाल क्रिकेट संघ (क्यान) ले आपत्ति जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक वक्तव्य जारी गर्दै आपत्ति जनाएका हुन् । आंशिक सत्यता समेत नरहेको झुटो र कपोलकल्पित कुरा बोलेर सांसदले भ्रम फैलाउन खोजेको उनको आरोप छ ।