६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीका कारण सुनसरीमा तरकारीखेतीमा क्षति

सुनसरी।अविरल वर्षा र बाढीका कारण सुनसरीमा मौसमी तथा बेमौसमी तरकारीखेतीमा ठूलो क्षति पुगेको छ । गत असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण जिल्लाका किसानहरूले लगाएका बालीहरू डुबानमा परेका हुन्। बाढीका कारण बराहक्षेत्र नगरपालिका–९ ढोलबजियामा रहेको ‘सुन्दर कृषि फार्म’को तरकारी खेतीमा पूर्ण रुपमा क्षति पुगेको छ ।