१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण सुनसरीमा तरकारीखेतीमा क्षति



अ+ अ-

सुनसरी।अविरल वर्षा र बाढीका कारण सुनसरीमा मौसमी तथा बेमौसमी तरकारीखेतीमा ठूलो क्षति पुगेको छ । गत असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण जिल्लाका किसानहरूले लगाएका बालीहरू डुबानमा परेका हुन्।

बाढीका कारण बराहक्षेत्र नगरपालिका–९ ढोलबजियामा रहेको ‘सुन्दर कृषि फार्म’को तरकारी खेतीमा पूर्ण रुपमा क्षति पुगेको छ । वैदेशिक रोजगारीबाट फर्किएका तीन जना युवाले २०७४ सालदेखि उक्त फार्म  सञ्चालन गर्दै आएका थिए । फार्म सञ्चालक अमिर निरौलाका अनुसार बाढीले फार्मका सबै तरकारीखेती डुबानमा परेर पूर्णरूपमा नष्ट भएको छ ।

उहाँले भन्नुभयो, “पानीले टनेल र मल्चिङ् सबै डुबायो । दुई बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको टमाटर सबै डुबानमा पर्यो । साथै, करेला, बैगुन, क्यापसिकम, काँक्रा, बोडी, फर्सी, घिरौंलालगायतका सबै बाली बाढीबाट नष्ट भएको छ ।”

अमिर निरौला र रघुवीर चन्द्रवंशी दक्षिण कोरियामा र छविलाल चौधरी अफगानिस्तानमा काम गरेर फर्किएपछि डेढ बिघा जग्गाबाट रु छ लाखको लगानीमा तरकारीखेती सुरु गर्नुभएको थियो । अहिले उहाँहरुले करिब २० बिघा क्षेत्रफलमा काँक्रा, टमाटर, क्यापसिकम, बोडी, करेला, लौका, कोभीलगायतका तरकारीखेती गर्दै आउनुभएको छ । निरौलाका अनुसार मल्चिङ्, बिरुवा र बिउमा गरिएको रु १४ लाखभन्दा बढीको लगानी खेर गएको छ ।

कृषक छविलाल चौधरीका अनुसार गत वर्ष मात्रै तरकारीखेतीबाट रु एक करोड रुपैयाँभन्दा बढीको कारोबार गथरिएको थियो ।

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार बाढी र अविरल वर्षाले जिल्लाभरका तरकारी बालीमा ठूलो क्षति पु¥याएको छ ।

उहाँले भन्नुभयो, “सुनसरीमा करिब आठ हजार १५३ हेक्टरमा तरकारीखेती हुने गरेको छ, जसमा हालैको बाढीले करिब ९५ प्रतिशतमा क्षति पुगेको छ । त्यस्तै, ५१० हेक्टरमा गरिएको केराखेतीमध्ये ८० प्रतिशत र ४८ हजार ९ हेक्टरमा गरिएको धान खेतीमध्ये ४८ प्रतिशतमा क्षति पुगेको छ ।

विशेष गरी सुनसरीका देवानगञ्ज, भोक्राहा, इनरुवा, हरिनगर र कोशी गाउँपालिकामा बढी क्षति पुगेको छ । श्रेष्ठले भन्नुभयो, “क्षति विवरण सङ्कलन भइरहेको छ । सबै पालिकालाई विवरण पठाउन पत्र पठाइसकेका छौँ ।”