© 2023
वीरगञ्ज। नेपाल पुलिस क्लब यहाँ जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको खेलमा पुलिस क्लबले बागमती युवा क्लब, सर्लाहीलाई २–१ गोल अन्तरले हराएको हो । खेलको १६औँ मिनेटमा पुलिस क्लबका मनिष सेढाईले उत्कृष्ट गोल गर्दै खेलमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।