• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित हुनुभएको छ । सन्धिखर्कमा भएको नवौँ जिल्ला अधिवेशनले आज पिताम्बर भुसालको नेतृत्वमा ८७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । भुसाल आठौँ जिल्ला अधिवेशनमा पनि सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।