• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित



अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित हुनुभएको छ । सन्धिखर्कमा भएको नवौँ जिल्ला अधिवेशनले आज पिताम्बर भुसालको नेतृत्वमा ८७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

भुसाल आठौँ जिल्ला अधिवेशनमा पनि सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।

उपाध्यक्षमा शम्भुप्रसाद पोख्रेल, सचिवमा तोजबहादुर रायमाझी उपसचिवमा खगेश्वर पन्थी र शिवकला विक निर्वाचित हुनुभएको छ ।

केही पदका लागि निर्वाचन र केही सर्वसम्मत गरी ८७ सदस्यीय जिल्ला कमिटी निर्माण भएको निर्वाचन समितिले जनाएको छ ।