© 2023
काठमाडौँ: हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमानको सम्झना गरिने भएको छ । संजोगले शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्ममिति पनि हो । पलेँटीमा गायक फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध-वाचन गर्नेछन् । फत्तेमान नै किन ?