© 2023
काठमाडौँ। नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रियस्तरको बृहत् प्रदर्शनी आयोजना गरिने भएको छ । यही जेठ २२ देखि २५ गतेसम्म हुन लागेको सो प्रदर्शनीमा नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोगका बारेमा जानकारी दिइनेछ ।