२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय प्रदर्शनी आयोजना हुँदै



अ+ अ-

काठमाडौँ। नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रियस्तरको बृहत् प्रदर्शनी आयोजना गरिने भएको छ ।

यही जेठ २२ देखि २५ गतेसम्म हुन लागेको सो प्रदर्शनीमा नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोगका बारेमा जानकारी दिइनेछ ।

‘फिन इलेक्ट्रो–टेक २०२६’ नाम दिइएको प्रदर्शनीमा विद्युतीय सामग्रीको माग र प्रयोग दिन प्रतिदिन बढिरहेको अवस्थामा उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम् प्रविधि, अन्तरराष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्य राखिएको छ ।

नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यावसायिक नेटवर्क विस्तार तथा अन्तरराष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा राखिएको छ ।

चार दिनसम्म सञ्चालन हुने यस अन्तरराष्ट्रिय प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ ।

प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल तथा कन्डक्टर, एलइडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रदर्शन गरिने फिन इलेक्ट्रो–टेक २०२६, मूल आयोजक समिति संयोजक दिलीपकुमार अग्रवालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न सरोकारवाला संस्थाहरूको सहयोग तथा सहभागिता रहनेछ ।  रासस