© 2023
काठमाडाैँ । तनहुँ व्यास नगरपालिका–१० मा निर्माण गरिएको नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ। पुरिएको ताल उत्खनन गरी पुनःनिर्माण गरिएको तालमा बाँध तथा अन्य संरचना निर्माण सम्पन्न भएसँगै पानी भर्न थालिएको हो। करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको तालमा २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिने जनाइएको छ।