© 2023
भोजपुर। खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडक कालोपत्र थालिएको छ। मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो। यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ। ‘खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडकखण्डको शून्यविन्दुबाट कालोपत्रको काम थालेका छौँ’,टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भने,‘यो सडकको