२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडक कालोपत्र हुँदै



अ+ अ-

भोजपुर। खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडक कालोपत्र थालिएको छ। मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो।

यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ।

‘खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडकखण्डको शून्यविन्दुबाट कालोपत्रको काम थालेका छौँ’,टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भने,‘यो सडकको करिब २५ किलोमिटरमध्ये डेढ किलोमिटर कालोपत्र हुन्छ।’

यही सडकको दोस्रो खण्ड हुँगे गाउँ पुछारबाट पाँचधारेसम्म स्तरोन्नतिको काम पनि भइरहेको छ। यहाँ सडक डिभिजन कार्यालयले दुई करोड र कोशी प्रदेश सरकारको २५ लाख गरी कूल दुई करोड २५ लाख लागतमा स्तरोन्नति गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए।