© 2023
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनमा क्षतिग्रस्त भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले परीक्षण बिनै रङ्गरोगन गरी प्रयोग गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त छ भन्ने यकिन भएपछि मात्रै प्रयोग गर्न अनुरोध गरिएको जानकारी दिनुभयो