५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्षतिग्रस्त भवन प्राविधिक परीक्षण नगरी प्रयोग नगर्नु’



अ+ अ-

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जेनजी प्रदर्शनमा क्षतिग्रस्त भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले परीक्षण बिनै रङ्गरोगन गरी प्रयोग गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त छ भन्ने यकिन भएपछि मात्रै प्रयोग गर्न अनुरोध गरिएको जानकारी दिनुभयो ।

उहाँले बढी क्षति भएका संरचनाको भने संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्गरोगन नगर्न र नगराउन पनि अनुरोध गरिएको बताउनुभयो । प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “बढी क्षति भएका भवनको संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्ग रोगनसमेत नगर्नु÷नगराउनु हुन आग्रह गर्दछौँ ।”

प्रहरीको प्रारम्भिक विवरणमा जेनजी प्रदर्शनमा ६०० भन्दा बढी भवन पूर्णरूपमा जलेर नष्ट भएको छभने एक हजार ५०० बढी भवनमा आंशिक क्षति पुगेको छ ।

प्राधिकरणले तिको मूल्याङ्कनका लागि प्रारुप तयार पार्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरेर काम थालिसकेको जनाएको छ । रासस