© 2023
एजेन्सी । क्रेमलिनले आइतबार प्रसारित टिप्पणीमा संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः यसको आफ्नै दृष्टिकोणसँग मिल्दोजुल्दो छ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर मस्कोसँग सम्बन्ध निर्माण गर्न खोज्नुभएको छ र संयुक्त राष्ट्रसङ्घमा रुसको पक्षमा उभिनुभएको छ ।